आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा आज भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ । उपाधिका प्रमुख दुई दाबेदार मानिएका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा चेन्नईमा सुरु हुनेछ ।
भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् । विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजितभएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजितभएको छ।
दुई साताअघि भारतले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो ।





























प्रतिक्रिया