च्यालेन्ज कप भलिबलमा नेपाल बंगलादेशसँग खेल्दै

च्यालेन्ज कप भलिबलमा नेपाल बंगलादेशसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ सोमबार सुरु हुँदैछ। नेपाली राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग खेल्दै च्यालेन्ज कपको यात्रा सुरू गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ६:३० बजे सुरु हुनेछ ।नेपाली टोली आइतबार श्रीलंका पुगेको थियो।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज २८ गते सम्म हुनेछ। राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपालले दोस्रो खेल असोज २३ गते श्रीलंकासँग, तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग खेल्नेछ। असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ। फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ। 

Logo