काभा च्यालेन्जमा नेपालले आज श्रीलंकासँग खेल्दै

काभा च्यालेन्जमा नेपालले आज श्रीलंकासँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले आयोजक श्रीलंकासँग खेल्दैछ । 

बंगलादेशलाई हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको नेपालले आज मंगलबार श्रीलंकासँग खेल्न लागेको हो । कोलम्बोमा जारी प्रतियोगिता अपरान्ह सवा ४ बजे सुरु हुनेछ । एसियन गेम्स खेलेर फर्किएको नेपालको भलिबल टिम प्रतियोगितामा लयमा देखिएको छ । 

आईतबार नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएर सुखद सुरुआत गरेको छ । बंगलादेशमाथि ५ वर्षपछि जित निकाल्ने क्रममा नेपालले २५–२०, १९–२५, २५–२३, २५–२१ को सेटमा जित निकाल्यो । 

नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ । 

Logo