इडेन हजार्डले गरे फुटबलबाट सन्यासको घोषणा

इडेन हजार्डले गरे फुटबलबाट सन्यासको घोषणा

केन्द्रबिन्दु
0
Shares

बेल्जियन स्टार फुटबलर इडेन हजार्डले सन्यासको घोषणा गरेका छन् । मात्र ३२ वर्षको उमेरमा हजार्डले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।  

केहीसमय अघि स्पेनिस क्लब रियल म्याड्रिड छाडेका हजार्डले विभिन्न अफवाहहरूको बावजुद कुनै अन्य क्लबसँग साइन गरेका थिएनन् । सन् २०१९ मा चेल्सीबाट रियल आएका बेल्जियन खेलाडीले स्यान्टियागो बर्नेबाउमा रहँदा निकै निरश समय बिताएका थिए । त्यसपछि मंगलबार उनले सन्यासको घोषणा गरेका हुन् ।

सन्यासको घोषणा गर्दै हजार्डले भनेका छन्, ‘१६ वर्ष र ७०० भन्दा बढी खेल खेलेपछि, मैले व्यावसायिक फुटबलरको रूपमा आफ्नो करियर समाप्त गर्ने निर्णय गरेको छु।’  

उनले थपे, ‘मैले मेरो सपना साकार गर्न सक्षम भएँ, मैले विश्वका धेरै पिचहरूमा खेलेको र रमाइलो गरेको छु। मेरो करियरको दौडान म उत्कृष्ट व्यवस्थापकहरू, प्रशिक्षकहरू र टोलीका साथीहरूलाई भेट्न पाउँदा भाग्यशाली थिएँ, यी उत्कृष्ट समयहरूको लागि सबैलाई धन्यवाद, म तपाईं सबैलाई सम्झनेछु।’ 

रियलमा उनले ८ वटा उपाधि जिते, जसमा १ युरोपियन कप, एक क्लब विश्वकप, एक युरोपियन सुपर कप, दुई ला लिगा उपाधि, एउटा कोपा डेल रे र दुई स्पेनिस सुपर कप छन् । 

Logo