विश्वकप छनोटमा लाओससँग खेल्न नेपाल तयार

विश्वकप छनोटमा लाओससँग खेल्न नेपाल तयार

केन्द्रबिन्दु
0
Shares

नेपालले भोलिदेखि सुरु हुने आफ्नो विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ। 

विश्वकप छनोटमा लाओससँग खेल्न नेपाल तयार बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुबैले नेपाल खेलका लागि तयार रहेको बताएका हुन् । भोली साँझ लोओसविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बताए । 

यो खेल आफ्ना लागि पनि अवसर भएको बताएका उनले भने- ‘यो मेरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको छु ।’

नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टिममा रहेका नयाँ र उर्जावान युवाहरुले राम्रो प्रर्दशन गर्नेमा आशावादी रहेको बताउँदै भने, ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु ।’

त्यस्तै, राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि यो पटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।

Logo