नेपालले यू१९ प्रिमियर कपमा इरानविरुद्ध सानदार जित दर्ता गरेको छ । बिहीवार भएको पहिलो खेलमा नेपालले इरानलाई २७४ रनले पराजित गरेको हो ।
मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा नेपालले जितका लागि दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा अलआउट हुँदै ७९ रनमै समेटिएको हो । इरानका लागि अमिर खोरस्यान्डले सर्वाधिक ३७ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । अमिरले २१ बलमै ३७ रन जोडेका थिए । नेपाली बलरको घातक बलिङसामू अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान ३/३ विकेट लिँदा हेमन्त धामी र आकाश चन्दले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५३ रनमा अलआउट भएकाे थियाे । नेपालका देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । देव नेपालबाट यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए ।
दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । नेपाल एक समय ४.१ ओभरमा १०(२ को अवस्थामा पुगेपनि तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । देव शतक प्रहार गरेको अर्को बलमा आउट भए ।
उनी आउट भएपछि भने नेपालले लगातार विकेट गुमाएको थियो । ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए । विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए ।
दीपेश कंडेलले २२ बलमा ३ चौका र१ छक्कासहित २९ रन जाेडे ।
बलिङमा इरानका दद्रहमान राइसी र सलमान निज्मान्दले समान ३/३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान २/२विकेट लिए ।































प्रतिक्रिया