दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य, डि ककको लगातार दोस्रो शतक

दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य, डि ककको लगातार दोस्रो शतक

केन्द्रबिन्दु
0
Shares

ओपनर क्विन्टन डि कक शतकमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियालाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । 

लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३११ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि बायाँहाते ओपनर डि ककले सानदार शतकीय इनिङ खेले । १०६ बलमा उनले १०९ रन जोडे । जारी विश्वकपमा उनको यो लगातार दोस्रो शतक हो । यसअघि उनले श्रीलंकाविरुद्ध पनि १ सय रनको शतकीय इनिङ खेलेका थिए । 

साथै मध्यक्रमका ब्याटर एडेन माक्ररमले ५६ रन बनाउँदै आउट भए । माक्ररमले श्रीलंकाविरुद्ध विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए । कप्तान टेम्बा बभुमा ३५ रनमा आउट भए । 

बलिङमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान २/२ विकेट लिए । एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट लिए ।
 

 

Logo