एकदिवसीय विश्वकप: पाकिस्तानमाथि भारतको सानदार जित

एकदिवसीय विश्वकप: पाकिस्तानमाथि भारतको सानदार जित

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ७ विकेटको सानदार जित हात पारेको छ । लगातार तेस्रो जितसँगै भारत ६ अंकका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । 

शनिबार अहमदावादमा भएको खेलमा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर ३०.३ ओभरमा पूरा गर्‍यो । भारतको जितमा कप्तान रोहित शर्माले ८६, श्रेयस ऐयरले अविजित ५३, केएल राहुलले अविजित १९ तथा विराट कोहली र शुभमन गिलले १६÷१६ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले अर्धशतक पूरा गरे भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह साफिकले २० र हसन अलीले १२ रन बनाउनुबाहेक अन्य ब्या६रले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ भारतका जसप्रित बुमरामह, मोहम्मद सिराज, हार्दिक पाण्डे, कुलदीप यादव र रवीन्द्र जडेजाले समान २ विकेट लिए । बलिङमा पाकिस्तानका सहिन साह अफ्रिदीले २ तथा हसन अलीले एक विकेट लिए ।

Logo