बहराइनविरुद्ध दिपेशले लिए पहिलो विकेट

बहराइनविरुद्ध दिपेशले लिए पहिलो विकेट

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेलिरहेको छ । बहराइनविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । जारी खेलको ३.६ ओभरमा दिपेश कँडेलले विकेट लिए । उनले ऋषभ रमेशलाई आउट गरे । १४ बलको सामना गरेका उनले ६ रनमात्रै जोडे ।

समूह ए मा रहेका  नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा ५ ओभर सकिँदा बहराइनले ११ रन जोडेको छ । यसअघि समूहको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको थियो । बहराइन साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ । नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ ।
 

Logo