बेल्जियम र स्वीडेनको खेल रद्द

बेल्जियम र स्वीडेनको खेल रद्द


ब्रसेल्समा २ जनाको गोली हानी हत्या भएपछि बेल्जियम र  स्वीडेनबीचको  युरो कप २०२४ को छनोट खेल रद्द भएको छ।

सोमबार रातीको  छनोट अघि बेल्जियमको राजधानीको सडकमा घटना भएको थियो। मृतकहरूले स्वीडेन फुटबल टोलीको जर्सी लगाएका थिए। यद्दपी उनीहरू सोही खेल हेर्न जाँदै थिए वा थिएनन् भन्ने  पुष्टि भएको छैन। खेल स्थगित भएपछि फुटबल फ्यानहरूलाई रंगशालामै बस्न भनिएको थियो।

खेलको पहिलो हाफमा भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाएका थिए भने रोमेलु लुकाकुले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका थिए। ३० मिनेटपछि खेल रद्द भएको घोषणा भएको थियो। स्वीडेनका खेलाडीहरूले आक्रमण पछि खेल जारी राख्न चाहेनन् र बेल्जियमको टोलीले यस निर्णयलाई समर्थन गरेको थियो।

बेल्जियम प्रहरीका अनुसार बन्दुकधारी घटनास्थलबाट फरार भएक थिए। प्रहरीले यस घटनालाई आतंकवादको रूपमा व्यवहार गरिरहेको समेत जानकारी दिएको छ। बेल्जियमले अर्को वर्ष जर्मनीमा हुने युरो कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने स्वीडेनको छनोट हुने सम्भावना  छैन।

Logo