त्रिकोणात्मक टि२० सिरिजको ट्रफी सार्वजनिक

त्रिकोणात्मक टि२० सिरिजको ट्रफी सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपालमा भोलिदेखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ क्यानले मंगलबार पत्रकार सम्मेलन गर्दै त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक गरेको हो। सिरिजका लागि युएईको टोली नेपाल आइसकेको छ। त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले घरेलु मैदानमा एसिसी टि–२० विश्वकप छनोट खेल्नेछन्। 

डबल राउण्ड रोविनमा हुने सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भैसकेको छ। सिरिजका लागि सन्दीप लामिछानेलाई बाहिर राख्दा ललित राजवंशी र लोकेश बमले टोलीमा पुनरागमन गरेका छन्। 

नेपालले आफ्नो पहिलो खेल कार्तिक १ (अक्टोबर १८) मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ । साथै कार्तिक ६(अक्टोबर २३) मा नेपालले युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । पहिलो खेल दिउँसो १ बजे हुँदा अन्य खेल विहान ११ बजे सुरु हुनेछ ।
 

Logo