विश्वकप छनोट खेलमा ब्राजिल पराजित

विश्वकप छनोट खेलमा ब्राजिल पराजित

केन्द्रबिन्दु
0
Shares

विश्वकप छनोट खेलमा ब्राजिल उरुग्वेसँग स्तब्ध बनेको छ। बुधबार भएको खेलमा उरुग्वेले ब्राजिललाई २-० गोलले हराउन सफल भएको हो।

निकै निराश बनेको खेलको ४२ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। ब्राजिलका लागि भने खेलमा थप समस्या थपिएको थियो। खुट्टामा चोट लागेपछि टोलीले स्टार खेलाडी नेयमारलाई गुमाउनु परेको थियो।

दोस्रो हाफमा ब्राजिलले उरुग्वेमाथि दबाब बढायो। रोड्रिगो प्रहार पोस्टमा लागेको थियो भने भिनिसियस जुनियरले गरेको दुईवटा पेनाल्टीको माग विवादास्पदरुपमा अस्वीकार गरिएको थियो। यसैबिच निकोलास डेला क्रुजले अर्को गोल गर्दै उरुग्वेको जीत सुनिश्चित गरे।

४ खेलपछि समान ७ अङ्क भए पनि उरुग्वे तालिकाको दोस्रो स्थानमा रहेका छ भने ब्राजिल तेस्रो स्थानमा रहेको छ। शत प्रतिशत नतिजासहित अर्जेन्टिना १२ अङ्क बटुल्दै शीर्ष स्थानमा छ।

Logo