इटालीलाई हराउँदै इङ्ल्याण्ड युरोकपमा छनोट

इटालीलाई हराउँदै इङ्ल्याण्ड युरोकपमा छनोट

केन्द्रबिन्दु
0
Shares

इङ्ल्याण्डले अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान पक्का गरेको छ। मंगलबार समूह सीको खेलमा इटालीलाई घरेलु मैदानमा हराउँदै इङ्ल्याण्ड युरोकपमा छनोट भएको हो। 

ह्यारी केनले दुई गोल गरेको खेलमा इङ्ल्याण्डले इटालीलाई ३-१ गोल अन्तरले हरायो।  इङ्ल्याण्डलाई युरोकपमा छनोट हुन एक अंक आवश्यक थियो। तर इङ्लिस टिमले इटालीमाथि प्रभावशाली जित निकाल्यो। 

खेलको सुरुआतमा इटालीका जियानलुका स्कामेकाले गोल गर्दै इङ्ल्याण्डलाई दुख दिने लक्षण देखाएका थिए। तर रियल मड्रिडमा चम्किएका जुड बेलिङघम इङ्ल्याण्डको जर्सीमा समेत जमेपछि इङ्लिस टिमलाई जित टाढा रहेन। 

ह्यारी केनले ३२ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। उनै जुड बेलिङघमको पासलाई सदुपयोग गर्दै मार्कोस रासफोर्डले इङ्ल्याण्डलाई अघि बढाएका थिए। खेलको ७७ औँ मिनेटमा केनले ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्याण्डलाई शानदार जित दिलाए।

Logo