युएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

युएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजअन्तर्गत युएईविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । 

आजको खेलमा नेपालका लेग स्पिनर श्याम ढकालले डेब्यू गर्दैछन् । नेपालका मुख्य स्पिनर सन्दीप लामिछाने टोलीमा नभएपछि उनले मौका पाएका हुन् । श्यामले एसिसी इमर्जिङ टिम्स ए एसिया कपमा युएई ए विरुद्ध खेलेका थिए ।

मुलपानी मैदानमा टि२० आई पहिलोपटक खेल्न लागिएको हो । योसँगै मुलपानी मैदान टि२० आई मान्यता पाउने विश्वको १९०औं क्रिकेट मैदान बनेको छ । नेपाल आज युएईलाई हराउँदै सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । तर, टि२० आई राम्रो प्रदर्शन गर्दै आएकाे युएई पनि नेपाललाई स्तब्ध पार्ने दाउमा हुनेछ । 

नेपालको प्लेइङ-११ः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।

Logo