बसिलको अर्धशतकमा युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

बसिलको अर्धशतकमा युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

त्रिकोणात्मक टि२० आई सिरिजमा संयुक्त अरब इमिरेट्स (युएई)ले घरेलु टोली नेपाललाई मध्यम लक्ष्य दिएको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । युएईका लागि छैठौं खेलाडीको रुपमा मैदानमा उत्रिएका बसिल हमिदले सर्वाधिक अर्धशतकीय इनिङे खेले । उनले विष्फोटिङ ब्याटिङ गर्दै ३८ बलमा ५१ रन जोडे । 

नेपालका लागि नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरमै विकेट दिलाएका थिए ।  ओभरको अन्तिम बलमा खालिदलाई शून्य रनमा पवेलियन फर्काए । उनी कप्तान रोहित पौडेलबाट क्याच आउट भए । युएईको दोस्रो विकेट करण केसीले लिए । उनले एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् ।

त्यस्तै, युएईले तेस्रो विकेटको रुपमा कप्तान मुहम्मद वासिमलाई गुमायो । वासिमलाई छैठौं ओभरको पहिलो बलमा गुल्सान झाले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका हुन् । आफ्नो ओभरको पहिलो बलमै उनले वासिमलाई १७ रनमा आउट गराएका हुन् । 

५२ रन बनाउँदा चौथो विकेट गुमाएको युएईका लागि अलि नासर र आसिफ खानले उकासेका थिए । अलि नासरले ३२ रन बनाउँदा आसिफ खान १५ रनमा आउट भए । युएईको ब्याटिङ लय बसिलले सम्हालेका थिए । उनलाई अलि नासरले राम्रो साथ दिएका थिए । 

बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, गुल्सान झा २ विकेट तथा सोमपाल कामी र अविनाश बोहराले एकएक विकेट लिए । 

Logo