त्रिकोणात्मक टि-ट्वान्टी आई सिरिजमा नेपालले आज हङकङसँग खेल्ने

त्रिकोणात्मक टि-ट्वान्टी आई सिरिजमा नेपालले आज हङकङसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजमा आज बिहीबार नेपालले हङकङसँग खेल्दैछ।

 काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो। खेल बिहान ११ बजे सुरु हुने तालिका छ।

पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो। सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन्। सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

Logo