हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङविरुद्ध टस जितेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन। नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ। नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो।

२०२० पछि नेपालले हङकङसँग खेल्दैछ। पछिल्ला चार खेलमा नेपाल तीन खेलमा पराजित भएको छ। तर २०२० पछि नेपाली टोलीको स्तर र प्रदर्शन फेरिएको छ। 

नेपालको प्लेइङ-११ः

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।

हङकङको प्लेइङ ११ –

निजाकत खान (कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, हरुन अर्शद, मार्टिन कोट्जी र यासिम मुर्तजा, जिशान अली ।

Skip This
Skip This
Logo