नेपालले टस जित्यो

नेपालले टस जित्यो


नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ। मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुने खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले यसअघि सिरिजको दुवै खेलमा पहिलो फिल्डीङ गर्ने निर्णय लिएको थियो।

नेपालका लागि खेलमा प्रतिस जिसीले डेब्यु गर्दैछन्। त्यस्तै ललित नारायण राजवंशी पनि टोलीमा फर्केका छन्। पछिल्लो खेलबाट अभिनाश बोहोरा र श्याम ढकाललाई विश्राम दिइएको छ।

Logo