नेपाल र जापानको खेल वर्षाले प्रभावित

नेपाल र जापानको खेल वर्षाले प्रभावित


मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र जापानको खेल वर्षाले प्रभावित भएको छ। मलेसियाको बायुमास ओभलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको अवस्थामा खेल प्रभावित भएको हो।

खेल स्थगित हुँदा नेपालले २५ ओभर खेल्दै २ विकेट गुमाएर १४० रन बनाएको छ। नेपालका लागि ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन कुमाल १० रनमा आउट भए। आकाश त्रिपाठी ३५ र देव खनाल १० रनमा अविजित छन्।

जापानका कजुमा काटो स्टाफोर्ड र किफर यामामोटो लाकेले एकरएक विकेट लिएका छन्। अहिले वर्षा रोकिएको छ। ढाकिएको पिच खुला गरिएको छ।  केही समयपछि खेल सुरु गर्ने तयारी भइरहेको छ।

Logo