जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनाेट, फाइनल यूएईसँग

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनाेट, फाइनल यूएईसँग

केन्द्रबिन्दु
0
Shares

जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ । 

वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो । फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनाेट भएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।

२५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । डिएल मेथडका आधारमा जापानले जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य पाएको थियो ।  स्पिनर दिपेश कँडेल र हेमन्त धामीले समान तीन विकेट लिए ।

नेपालले अब यूएईसँग फाइनल खेल्ने छ ।  

Logo