हेनरिकको शतकमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई दियाे ४०० रनकाे लक्ष्य

हेनरिकको शतकमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई दियाे ४०० रनकाे लक्ष्य


हेनरिक क्लासिनको सानदार शतकमा दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटमा इंग्ल्याण्डलाई विशाल लक्ष्य दिएको छ । 

भारतको वानखडेमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३९९ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि हेनरिकले विष्फोटिङ ब्याटिङ गर्दै शतकीय इनिङको योगदान दिए । ६७ बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गर्दै १०९ रन जोडे । 

त्यस्तै, ओपनर क्विन्टन डि कक ४ रनमा आउट हुँदा रिजा हेनरिक्स र रासी भानडेर डुसेनले सानदार पारी खेले । हेनरिक्सले ८५ रन जोड्दा डुसेनले ६० रन जोडे । शतकधारी हेनरिकलाई राम्रो साथ दिएका मार्को जान्सेनले ७५ रनमाा नटआउट रहे । कप्तान माक्रमले ४२ रन जोडे । 

बलिङमा रिकी टाफ्लेले सर्वाधिक ३ विकेट लिए भने आदिल राशिद र गस एट्किन्सनले २/२ विकेट लिए । 

Logo