विश्वकपमा श्रीलंकाको पहिलो जित

विश्वकपमा श्रीलंकाको पहिलो जित


श्रीलंकाले भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको २६३ रनको लक्ष्य श्रीलंकाले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकाका लागि सदिरा समराविक्रमाले सर्वाधिक ९१ रनको योगदान दिए । त्यस्तै, ओपनर पाथुम निशांकाले ५४ रन तथा चारिथ अशलंकाले ४४ रन तथा धनञ्जय डी सिल्भाले ३० रनको योगदान दिए । 

नेदरल्याण्ड्सका लागि आर्यन दत्तले ३ तथा पाउल भान मेकरिन तथा कोलिन एकरम्यानले १–१ विकेट लिए ।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.४ ओभरमा २६२ रनमा अलआउट भएको थियो । खराव सुरुवात गरेको नेदरल्याण्ड्सले ७१ रनमा पाँच विकेट गुमाएको अवस्थाबाट उकास्दै ४९.४ ओभरमा अलआउट हुँदै २६२ रन बनाएको हो । नेदरल्याण्ड्सका लागि इब्राण्ड एँगलब्रेक्तले सर्वाधिक ७० रन बनाए भने त्यस्तै, लोगान भ्यान विकले ५९ रनकाे अर्धशतकीय इनिङ खेले ।  

श्रीलंकाका लागि दिल्सान मधुशंका र कासुन रजिथाले ४–४ विकेट लिए । 

Logo