सिटीको हारको शृङ्खला अन्त्य

सिटीको हारको शृङ्खला अन्त्य


ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो हारबाट जोगिएको छ। शनिबार साँझ भएको खेलमा सिटी २-१ गोलले विजयी बनेको हो।

यसअघि पेप ग्वार्डिओलाको टोली वूल्भ्स र आर्सनलसँग पराजित भएको थियो।सिटीले पेपको नेतृत्वमा हालसम्म लगातार तीन खेल हारेको छैन। 

साबिक विजेता टोलीले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो। जुलियन अल्भारेजले जेरेमी डोकुको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। १९ औँ मिनेटमा अर्लिङ हालाल्डले तीन खेलमा आफ्नो गोलविहीन शृङ्खला अन्त्य गर्दै टोलीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको ७३ औँ मिनेटमा अन्सु फातीले ब्राइटनका लागि गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो। ब्राइटनले थप गोलका लागि सिटीलाई दबाब दिए पनि सफल हुन सकेन।

इन्जुरी समयमा एकान्जीले दोस्रो पहेँलो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो। जीतसँगै सिटी २१ अङ्कसहित गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा रहेको छ। १६ अङ्कसहित ब्राइटन लिगको सातौँ स्थानमा छ।

Logo