हङकङलाई हराउँदै युएई फाइनलमा, उपाधिका लागि नेपालसँग खेल्ने

हङकङलाई हराउँदै युएई फाइनलमा, उपाधिका लागि नेपालसँग खेल्ने


हङकङलाई हराउँदै युएई त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा युएईले हङकङमाथि ६ विकेटको जित हात पारेको हो ।

मुलपानी क्रिकेट मैदानमा हङकङले जितका लागि दिएको १५० रनको लक्ष्य युएईले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । युएईका लागि कप्तना मुहम्मद वासिमले सर्वाधिक ४० रन बनाउँदा खालि शाहले ३७ रन तथा वृत्य अरविन्दले २९ रन जोडे । 

त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले पुरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । हङकङको लागि बाबर हयातले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा एजाज खानले अविजित ४८ रन जोडे । 

युएईका लागि भने जाहूर खानले ३ तथा निलन्श केशवानीले २ विकेट लिए।

यो जितसँगै युएईले उपाधि भिडन्तमा नेपाललाई प्रतिद्धन्द्धी पाएको छ । सबै खेलमा जित हात पार्दै नेपाल फाइनलमा पुगिसकेको छ । 

Logo