युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य


युएईले त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको हो । युएईका लागि बसिल हमिदले विष्फोटिङ ब्याटिङ गर्दै ४५ रन जोडे । १९ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, वृत्य अरविन्दले ४५ रन नै बनाए ।अशिफ खानले १८ रन जोड्दा खालिद शाहले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।  

बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी र अविनाश बोहराले समान २/२ विकेट लिए । करण केसी र गुल्सान झाले १/१ विकेट लिए । 

नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । युएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । हङकङलाई दुबै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो । 

Logo