युएईविरुद्ध नेपालको खराव सुरुवात, कुशल मल्ल शून्यमै आउट

युएईविरुद्ध नेपालको खराव सुरुवात, कुशल मल्ल शून्यमै आउट


घरेलु टोली नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा युएईविरुद्ध खराव सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले २ ओभरमै ३ विकेट गुमाएको हो । तेस्रो विकेटको रुपमा नेपालका विष्फोटिङ ब्याटिङ गर्ने कुशल मल्ल शून्य रनमै आउट भएका हुन् । उनले यसअघि हङकङविरुद्ध ४१ बलमै ९२ रनको सानदार इनिङ खेलेका थिए । 

त्यसअघि पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेलले एक रनमा आउट भए । उनी अशिफ खानको बलमा क्याच आउट भए । त्यस्तै, दोस्रो विकेटका रुपमा नेपालले सोमपाल कामीलाई गुमायो । उनी २ रनमा अकिज राजाको बकलमा ब्याच आउट भए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियाे । युएईका लागि बसिल हमिदले विष्फोटिङ ब्याटिङ गर्दै ४५ रन जोडे । १९ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, वृत्य अरविन्दले ४५ रन नै बनाए ।अशिफ खानले १८ रन जोड्दा खालिद शाहले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।  

बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी र अविनाश बोहराले समान २/२ विकेट लिए । करण केसी र गुल्सान झाले १/१ विकेट लिए । 

नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । युएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ ।

Logo