युएईविरुद्ध आशिफ शेखको महत्वपूर्ण अर्धशतक

युएईविरुद्ध आशिफ शेखको महत्वपूर्ण अर्धशतक


घरेलु टोली नेपालका ओपनर आशिफ शेखले त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

मुलपानी क्रिकेट मैदानमा युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालका लागि उनले ४४ बलमा अर्धशतक पूरा गरेका हुन् । खराव सुरुवात गरेको नेपालका लागि उनले महत्वपूर्ण अर्धशतक बनाएका हुन् । उनलाई क्रिजमा कप्तान रोहितकुमार पौडेलले राम्रो साथ दिइरहेका छन् । 

हाल नेपाल १२ ओभरमा ३ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ । 

त्यसअघि नेपालले २ ओभरमै ३ विकेट गुमाएको थियो । तेस्रो विकेटको रुपमा नेपालका विष्फोटिङ ब्याटिङ गर्ने कुशल मल्ल शून्य रनमै आउट भएका हुन् । उनले यसअघि हङकङविरुद्ध ४१ बलमै ९२ रनको सानदार इनिङ खेलेका थिए । 

त्यसअघि पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेलले एक रनमा आउट भए । उनी अशिफ खानको बलमा क्याच आउट भए । त्यस्तै, दोस्रो विकेटका रुपमा नेपालले सोमपाल कामीलाई गुमायो । उनी २ रनमा अकिज राजाको बकलमा ब्याच आउट भए । 

Logo