पाकिस्तानले अफगानिस्तानलाई दियो २८३ रनको लक्ष्य

पाकिस्तानले अफगानिस्तानलाई दियो २८३ रनको लक्ष्य


पाकिस्तानले जारी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । 

सोमबार टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८२ रन जोडेको हो । पाकिस्तानका लागि कप्तान बाबर अजामले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले । अब्दुल्लाह सफिकले पनि ५८ रनको योगदान दिए । शादव खानले ४० रन जोड्दा इफ्तिकरले पनि विष्फोटिङ ब्याटिङ गर्दै ४० रन बनाए । 

त्यस्तै, साउद सकिलले २५ रन जोडे । 

बलिङमा अफगानिस्तानका नुर अहमदले सर्वाधिक ३ विकेट लिए भने नभिन उलहकले २ विकेट लिए । 

दुबै टिम विश्वकपमा आफ्नो पाँचौं खेलमा भिड्न लागेका हुन् । जारी विश्वकपमा पाकिस्तानले ४ मध्ये २ खेलमा जित र २ खेलमा हार भोगेको छ । अफगानिस्तानले भने इंग्ल्यान्डलाई हराएर सनसनीपूर्ण प्रदर्शन गरेको छ। तर, पाकिस्तानविरुद्ध अहिलेसम्म अफगानिस्तान जितविहीन रहँदै आएको छ। 

Logo