यू–१९ प्रिमियर कप फाइनलः यूएईविरुद्ध कप्तान देव खनालको महत्वपूर्ण शतक

यू–१९ प्रिमियर कप फाइनलः यूएईविरुद्ध कप्तान देव खनालको महत्वपूर्ण शतक


मलेसियाको बायोमास ओभलमा जारी यू–१९ प्रिमियर कपको फाइनल खेलमा देव खनालले यूएईविरुद्ध महत्वपूर्ण शतक बनाएका छन् । खनालले यूएईविरुद्ध शतक बनाउने क्रममा ८ चौंका र ३ छक्का प्रहार गरेका छन् । यस्तै अर्जुन कुमालले पनि यूएईविरुद्ध ४ चौंकाको मद्दतमा अर्धशतक बनाउन सफल भए। अर्जुन कुमाल ५५ रन बनाउदै पभेलियन फर्किएका थिए । ओपनर उत्तम मगर र दिपक बोहोरा दुबै क्रमश ६ र ५ रनमा आउट भए । 

उपाधिका लागि भिडिरहेका नेपाल र यूएई दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।

यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो ।

Logo