डि ककको शतकमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई दियो ३८३ रनको लक्ष्य

डि ककको शतकमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई दियो ३८३ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

ओपनर क्विन्टन डि ककको सानदार शतकीय इनिङमा दक्षिण अफ्रिकाले आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८२ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले सर्वाधिक १७४ रनको सानदार शतकीय इनिङ खेले । १४० बल खेलेका १५ चौका र ७ छक्का प्रहार गरे । जारी विश्वकपमा उनको यो तेस्रो शतक हो । 

त्यस्तै, मध्यक्रमका ब्याटर हेनरिच क्लासिनले सानदार अर्धशतकीय पारी खेले । ४९ बल खेलेका उनले २ चौका र ८ छक्का प्रहार गर्दै ९० रन जोडे । उनी शतकबाट भने चुके । उनले यसअघि पनि यस्तै विष्फोटिङ ब्याटिङ गर्दै शतक बनाएका थिए । साथै कप्तान माक्रमले ६० रन जोडे । डेभिड मिलर ३४ रनमा नटआउट रहे । 

बलिङमा बङ्गलादेशका हसन महमुदले २ विकेट लिँदा सकिव अल हसन, हसन मिराज र शोरिफुल इस्लामले समान एकएक विकेट लिए । 

भारतमा जारी विश्वकपमा दुवै टोलीले समान ४ खेल खेलेका छन्। जसमा दक्षिण अफ्रिकाले ४ मध्ये ३ मा जित हात पारेको छ भने बङ्गलादेशले १ खेलमा मात्रै जित हात पारेको छ।  दक्षिण अफ्रिका अङ्क तालिकाको तेस्रो स्थानमा रहँदा बङ्गलादेश पुछारबाट चौथो स्थानमा छ।

Logo