हङकङसँग हारे पनि युएई फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

हङकङसँग हारे पनि युएई फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने


युएई टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको लिगको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटका आधारमा युएईले फाइनलमा स्थान बनाएको हो । 

मुलपानी क्रिकेट मैदानमा हङकङले जितका लागि दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको युएई निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनमा समेटिएको हो । आजको खेलअघि युएईको रनरेट ०.००५ थियो भने हङकङको रनरेट माइनस २.६८८ थियो । रनरेट कमजोर भएकाले फाइनल प्रवेशका लागि आज हङकङलाई यूएईविरुद्ध फराकिलो जित चाहिन्थ्यो । हङकङले ६९ रनको ठूलै मार्जिनले जित्यो, तर त्यो पर्याप्त भएन । युएईलाई अन्तिम ओभरमा ४ रन चाहिएको थियो भने हङकङलाई एक विकेट । तर, हङकङले विकेट लिन सकेन ।

विशाल लक्ष्य पछ्याएको युएईका लागि कुनै खेलाडीको राम्रो प्रदर्शन रहेन । ओपनर खालिद शाहले ३५ रन जोड्दा अलिशान सारफू र बसिल हमिदले समान ३०/३० रन जोडे । निलान्स केशवानी ३१ रनमा नटआउट रहे । 

त्यसअघि पहिला टस जित्दै हङकङले ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन जोडेको थियो । हङकङका लागि ओपनर मार्टिनले सानदार अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ८६ रन जोडे । त्यस्तै, बाबर हायातले विष्फोटिङ ब्याटिङ गर्दै २० बलमै ६० रन जोडे । सो क्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरे । 

अन्सि राथले ४१ रन जोडे । 

नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ । फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल शुक्रबार टीयु मैदानमा हुनेछ । 

Logo