‘ग्रुप अफ डेथ’ मा पिएसजी र डर्टमन्ड विजयी

‘ग्रुप अफ डेथ’ मा पिएसजी र डर्टमन्ड विजयी


युरोपेली च्याम्पियन्स लिग २०२३/२४ सिजनको ग्रुप अफ डेथ मानिएको समूह एफ अन्तर्गतका खेलमा गएराति पिएसजी र बोरुसिया डर्टमन्डले जित हासिल गरेका छन् ।

पिएसजीले एसी मिलानलाई ३-० को गोल अन्तरले सहजै हराएको हो। पिएसजीको जितमा किलियन एमबाप्पे, र्यान्डाल कोलो मुआनी र काङ्ग इन-लिले गोल गरे।

खेलको ३२औं मिनेटमा एमबाप्पेले सुन्दर फिनिश गर्दै खेलमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले वारेन जायर-एमेरीको पासमा गोल गर्दै खेलमा अग्रता दिलाएका हुन्। ४८औँ मिनेटमा उसमान डेम्बेलेले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोल मान्य भएको थिएन।

तर त्यसको पाँच मिनेट पछि नै पिएसजीले अग्रता दोब्बर बनायो। र यसपाली गोल रद्द भएन। डेम्बेलेको प्रहार मिलान गोलरक्षक माइक माइगननले बचाएपछि कोलाे मुआनीले सहजै बललाई पोस्टको दिशा देखाएका थिए।

८९औँ मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेका कोरियन खेलाडी काङ्ग इन-लिले खेलको तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।यस्तै अर्को खेलमा बोरुसिया डर्टमन्डले न्युक्यासल युनाइटेडलाई १-० ले पराजित गर्यो। खेलको एकमात्र गोल ४५औं मिनेटमा फेलिक्स न्मेचाले गरेका थिए।

तेस्रो चरणको खेलको समाप्तिमा पिएसजी तीन खेलमा दुई जित सहित समूहको शीर्ष स्थानमा छ। समान टिम खेल्न ४ अंक बटुलेका डर्टमन्ड र न्युक्यासल क्रमसः दोस्रो र तेस्रो छन्। तीन खेलमा दुई बराबरी गर्दै दुई अंक बोकेको मिलान पुछारमा छ।

Logo