चौथो एसियाली पारा खेलकुदः पावर लिफ्टिङमा दुर्गामान १२औँ स्थानमा

चौथो एसियाली पारा खेलकुदः पावर लिफ्टिङमा दुर्गामान १२औँ स्थानमा


चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा नेपालका दुर्गामान तामाङले १२औँ स्थान हासिल गरेका छन् । 

चीनको हाङजावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भारवहन गरे । दोश्रो लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेपनि सफल भएनन् । यदि उनले सो भार (९१) केजी वजन उचाल्न सफल भएको भए राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाए । 

योसँगै बुधवार जारी खेलमा पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । १२ खेलाडी नै सहभागी उक्त खेलमा उनले १२औँ स्थानमा चित्त बुझाउनुपर्याे । 

नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्तीमगरले ४९ केजीमुनि ७६ केजी भारवहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

Logo