इङ्ल्यान्ड श्रीलङ्काविरुद्ध १५६ रनमै अलआउट

इङ्ल्यान्ड श्रीलङ्काविरुद्ध १५६ रनमै अलआउट


इङ्ल्यान्ड जारी विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध सस्तैमा समेटिएको छ । भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस जितेर पहिला व्याटिङ रोजेको इङ्ल्यान्ड ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रनमै समेटिएको हो ।

श्रीलङ्काका बलरसामू इङ्ल्यान्डका कुनै पनि खेलाडीको प्रदर्शन राम्रो रहेन । इङ्ल्यान्डले पहिलो विकेट ६ दशमलव ३ ओभरमा ४५ रन हुँदा गुमाएको थियो । डेभिड मालान २८ रनमा आउट भएका थिए ।  तर, ८५ रन बनाउँदा ५ विकेट गुमाएको इग्ल्याण्डका लागि बेन स्टोक्स क्रिजमा टिकेका थिए तर, उनी पनि ४३ रन बनाउँदा आउट भएपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

दोस्रो विकेटको रुपमा जो रूट  ३ रन बनाउँदा रन आउट हुन पुगे भने तेस्रो विकेटको रुपमा जॉनी बेयरस्टो ३० रन तथा चौथो विकेटको रुपमा जॉस बटलर ८ रन बनाउँदै आउट भए । पाँचौ विकेटमा लियम लिविंगस्टन १ रनमा आउट भएका थिए । त्यसपछि मोइन अलिले १५ रन जोडे भने डेभिड विली १४ रनमा समेटिँदा अन्य दोहोरो रन छुन सकेनन् । 

बलिङमा श्रीलङ्काका लाहिरु कुमाराले ३ विकेट लिए । साथै कसुन रजिथा र एंगेलो म्याथ्युजले समान २/२ विकेट लिँदा महेश थिकसानाको नाममा १ विकेट रह्यो ।  

Logo