क्रिकेट विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच भिडन्त

क्रिकेट विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच भिडन्त


जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि हुँदैछ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले ५ खेल खेल्दै ४ जित र एक हारसहित ८ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानले ५ खेलमध्ये २ जित र ३ हारसहित ४ अंक बटुलेर छैटौं स्थानमा रहेको छ।

अब यस खेलको जितले दक्षिण अफ्रिकालाई सेमिफाइनलको छनौटको नजिक पुर्याउने छ भने यस खेलमा हार बेहोरेमा पाकिस्तानको सेमिफाइनलको दौड मुस्किलमा पर्नेछ। पाकिस्तान पछिल्लो खेलमा अफगानिस्तानसँग पराजित भएर दबाबमा रहेको छ भने दक्षिण अफ्रिकाले यस विश्वकपमा अहिलेसम्म राम्रो प्रदर्शन गरेको छ।

Logo