युएईसँग नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

युएईसँग नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग टस हारेको छ। टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई खेलाउने निर्णय लिएको छ । ललितको युएईविरुद्ध पछिल्लो समय प्रदर्शन राम्रो छ। सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनर हुन्।

नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो । नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो ।

Skip This
Skip This
Logo