यूएईविरुद्ध कुशल भुर्तेलको सानदार अर्धशतक

यूएईविरुद्ध कुशल भुर्तेलको सानदार अर्धशतक


कुशल भुर्तेलले त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । यूएईविरुद्ध अर्धशतक बनाउने क्रममा कुशलले २८ बल खेल्दै ६ चौंका र ३ छक्का प्रहार गर्न सफल भएका हुन् । 

अर्धशतक बनाएसँगै कुशल भुर्तेल आउट भएका छन् । यसैक्रममा नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै ६८ रन बनाएर खेलिरहेको छ । नेपालका लागि आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाउर आउट भए । 

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।

युएईको प्लेइङ ११ : मोहम्मद वासिम (कप्तान), एलिशान सराफु, आसिफ खान, बासिल हामिद, अली नासिर, आयन खान, जहुर खान, मोहम्मद जवादुल्लाह, जुनैद सिद्धिक अर्यांश शर्मा र वृत्य अरविन्द ।

Logo