कुशल भुर्तेलको अर्धशतकमा युएईलाई प्रतिस्पर्धात्मक लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा युएईलाई प्रतिस्पर्धात्मक लक्ष्य


घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । 

४३ रन बनाउँदा पहिलो विकेटको रुपमा नेपालले ओपनर आशिफ शेखलाई ७ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा आएको विष्फोटक ब्याटर कुशल मल्ल एक रनमै आउट हुँदा नेपालको प्रदर्शन खस्कियो । त्यसपछि भुर्तेल पनि अर्धशतक पूरा गरेर आउट भए । क्रिजमा रहेमा कप्तान रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीबीच साझेदारी बढ्दै गर्दा कप्तान रोहित नै आउट भए । खराब शट खेल्ने प्रयासमा उनी १८ रनमा क्याच आउट भए । 

१२ ओभरमै १०९ रन जोडेको नेपालले पाँचौं विकेटका रुपमा दिपेन्द्रलाई पनि गुमायो । यसअघि सानदार प्रदर्शन गरेका उनी पनि २० रनमा आउट भएपछि नेपालको ब्याटिङ लय खस्कियो । उनीहरु एकै ओभरमा आउट भएका हुन् । सन्दीप जोरा १० रन तथा गुल्सान झा ५ रनमै आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले १३ रन जोडे । साथै करण केसी  २३ रनमा नटआउट रहे । 

बलिङमा युएईका आयान अज्फल खानले सर्वाधिक ३ विकेट लिए । उनले तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । उक्त फाइनल नेपालले जितेको थियो । त्यस्तै, अलि नासर जाहुर खानले समान २/२ विकेट लिए । 

नेपाल युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउमा छ । यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो । तर, आज मध्यम लक्ष्य भएकाले  नेपालको बलिङ र फिल्डिङ कसिलो हुन जरुरी छ ।  

Logo