युएईविरुद्ध नेपालकाे खराब बलिङ, सोमपालले एक ओभरमै खर्चिए १७ रन

युएईविरुद्ध नेपालकाे खराब बलिङ, सोमपालले एक ओभरमै खर्चिए १७ रन

केन्द्रबिन्दु
0
Shares

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध घरेलु टोली नेपालले खराव बलिङ गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि लिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले पहिलो पाँच ओभरमा विनाविकेटको क्षतिमा ६० रन बनाएको छ । क्रिजमा कप्तान मुहम्मद वासिमले १७ बलमै ३८ रन बनाएका छन् । अर्का ओपनर अर्यान्स शर्माले १७ रन बनाएका छन् । पहिलो ओभरमै नेपालका तीव्र गतिका बलर सोमपाल कामीले १७ रन खर्चिएका थिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियाे । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । 

४३ रन बनाउँदा पहिलो विकेटको रुपमा नेपालले ओपनर आशिफ शेखलाई ७ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा आएको विष्फोटक ब्याटर कुशल मल्ल एक रनमै आउट हुँदा नेपालको प्रदर्शन खस्कियो । त्यसपछि भुर्तेल पनि अर्धशतक पूरा गरेर आउट भए । क्रिजमा रहेमा कप्तान रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीबीच साझेदारी बढ्दै गर्दा कप्तान रोहित नै आउट भए । खराब शट खेल्ने प्रयासमा उनी १८ रनमा क्याच आउट भए । 

१२ ओभरमै १०९ रन जोडेको नेपालले पाँचौं विकेटका रुपमा दिपेन्द्रलाई पनि गुमायो । यसअघि सानदार प्रदर्शन गरेका उनी पनि २० रनमा आउट भएपछि नेपालको ब्याटिङ लय खस्कियो । उनीहरु एकै ओभरमा आउट भएका हुन् । सन्दीप जोरा १० रन तथा गुल्सान झा ५ रनमै आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले १३ रन जोडे । साथै करण केसी  २३ रनमा नटआउट रहे । 

बलिङमा युएईका आयान अज्फल खानले सर्वाधिक ३ विकेट लिए । उनले तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । उक्त फाइनल नेपालले जितेको थियो । त्यस्तै, अलि नासर जाहुर खानले समान २/२ विकेट लिए । 

Logo