युएईविरुद्ध नेपालकाे खराब बलिङ, सोमपालले एक ओभरमै खर्चिए १७ रन

युएईविरुद्ध नेपालकाे खराब बलिङ, सोमपालले एक ओभरमै खर्चिए १७ रन


त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध घरेलु टोली नेपालले खराव बलिङ गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि लिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले पहिलो पाँच ओभरमा विनाविकेटको क्षतिमा ६० रन बनाएको छ । क्रिजमा कप्तान मुहम्मद वासिमले १७ बलमै ३८ रन बनाएका छन् । अर्का ओपनर अर्यान्स शर्माले १७ रन बनाएका छन् । पहिलो ओभरमै नेपालका तीव्र गतिका बलर सोमपाल कामीले १७ रन खर्चिएका थिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियाे । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । 

४३ रन बनाउँदा पहिलो विकेटको रुपमा नेपालले ओपनर आशिफ शेखलाई ७ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा आएको विष्फोटक ब्याटर कुशल मल्ल एक रनमै आउट हुँदा नेपालको प्रदर्शन खस्कियो । त्यसपछि भुर्तेल पनि अर्धशतक पूरा गरेर आउट भए । क्रिजमा रहेमा कप्तान रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीबीच साझेदारी बढ्दै गर्दा कप्तान रोहित नै आउट भए । खराब शट खेल्ने प्रयासमा उनी १८ रनमा क्याच आउट भए । 

१२ ओभरमै १०९ रन जोडेको नेपालले पाँचौं विकेटका रुपमा दिपेन्द्रलाई पनि गुमायो । यसअघि सानदार प्रदर्शन गरेका उनी पनि २० रनमा आउट भएपछि नेपालको ब्याटिङ लय खस्कियो । उनीहरु एकै ओभरमा आउट भएका हुन् । सन्दीप जोरा १० रन तथा गुल्सान झा ५ रनमै आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले १३ रन जोडे । साथै करण केसी  २३ रनमा नटआउट रहे । 

बलिङमा युएईका आयान अज्फल खानले सर्वाधिक ३ विकेट लिए । उनले तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । उक्त फाइनल नेपालले जितेको थियो । त्यस्तै, अलि नासर जाहुर खानले समान २/२ विकेट लिए । 

Logo