युएईविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सानले लिए वासिमको विकेट

युएईविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सानले लिए वासिमको विकेट


घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पहिलो सफलता हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि लिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले कप्तान मुहम्मद वासिमलाई पहिलो विकेटका रुपमा गुमाएको हो । गुल्सान झाले उनलाई ४५ रनमा आउट गराएका हुन् । त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए । साथै ललित राजं‌वशीको चौथो ओभरको पाँचौ बलमा पुनः ३४ रनमा वासिमले जीवनदान पाएका थिए । 

पहिलो ओभरमै नेपालका तीव्र गतिका बलर सोमपाल कामीलाई उनले १७ रन प्रहार गरेका थिए । 

हाल युएई ८ ओभरको खेल सकिँदा ७८ रन बनाएर खेलिरहेको छ । 
 

Logo