युएईविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सानले लिए वासिमको विकेट

युएईविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सानले लिए वासिमको विकेट

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पहिलो सफलता हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि लिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले कप्तान मुहम्मद वासिमलाई पहिलो विकेटका रुपमा गुमाएको हो । गुल्सान झाले उनलाई ४५ रनमा आउट गराएका हुन् । त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए । साथै ललित राजं‌वशीको चौथो ओभरको पाँचौ बलमा पुनः ३४ रनमा वासिमले जीवनदान पाएका थिए । 

पहिलो ओभरमै नेपालका तीव्र गतिका बलर सोमपाल कामीलाई उनले १७ रन प्रहार गरेका थिए । 

हाल युएई ८ ओभरको खेल सकिँदा ७८ रन बनाएर खेलिरहेको छ । 
 

Logo