हेडको सानदार शतकमा न्युजिल्यान्डलाई अष्ट्रेलियाको विशाल लक्ष्य

हेडको सानदार शतकमा न्युजिल्यान्डलाई अष्ट्रेलियाको विशाल लक्ष्य

केन्द्रबिन्दु
0
Shares

बायाँ हाते ओपनर ट्रभिस हेडको सानदार शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ३८८ रन बनाएको हो । अष्ट्रेलियाका लागि ओपनर हेडले सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । ५९ बलमै शतक पूरा गरेका हुन् । ६७ बल खेलेका उनले १० चौका र ७ छक्का प्रहार गरेका थिए । 

गत सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध चौथो ओडिआई खेल्ने क्रममा घाइते भएका हेडले विश्वकपमा सानदार पुनरागमनसमेत गरेका छन् । 

साथै अर्का ओपनर डेविड वार्नरले विष्फोटिङ ब्याटिङ गर्दै ८१ रन जोडे । पहिलो विकेटका लागि हेड र डेविड वार्नरले १९.१ ओभरमा १७५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । पहिलो १० ओभरको पावर प्लेमा अष्ट्रेलियाले ११८ रन जोडेको थियो । 

ग्लेन म्याक्सवेलले ४१ रन जोड्दा जोस इंग्लिसले ३८ रन, कप्तान प्याट कमिन्सले ३७ रन तथा मिचेल मार्सले ३६ रन जोडे । 

बलिङमा न्युजिल्यान्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिए भने मिचेल सान्टनारले २ विकेट लिँदा जेम्श निसम र म्याट हेनरीले समान १/१ विकेट लिए ।

Logo