इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ। शनिबार राति आर्सनलले सेफिल्ड युनाईटेडलाई ५-० गोल अन्तरले हराएको हो।

आर्सनलको जितमा एड्डी केटियाले ह्याट्रिक गोल गरे। यस्तै फाबियो भिरा र ताकेहिरो टोमियासुले एक एक गोल गरे। फराकिलो जितसँगै आर्सनल लिगको दोस्रो स्थानमा उक्लिएको छ।आर्सनलले १० खेलमा २४ अंक जोडेको छ।

सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ। अर्को खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले २-० गोल अन्तरले हराएको छ।ब्रेन्टफोर्डको जितमा इथान पिनोक र ब्रायन बेउमोले एक एक गोल गरे।चेल्सी १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

ब्रेन्टफोर्ड १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ।त्यस्तै बर्नेमाउथले बर्नलीलाई २-१ ले हराएको छ। उल्भ्स र न्युकासल युनाईटेडले २-२ गोलको बराबरी खेलेका छन् ।

Logo