नेपालको पहिलो प्रतिद्वन्दी सिंगापुर

नेपालको पहिलो प्रतिद्वन्दी सिंगापुर

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटकाे फाइनल खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटको खेल तालिका घोषणा गरेको हाे। टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ।

नेपाल रहेको समूह 'ए' मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह 'बी' मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ।

यस्तै दोस्रो खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ। यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन्।  

Logo