‘सन्दीपकाे कमब्याकले टिम एकदमै ब्यालेन्स भएको छ’ -कप्तान रोहित पौडेल [भिडियाेसहित]

‘सन्दीपकाे कमब्याकले टिम एकदमै ब्यालेन्स भएको छ’ -कप्तान रोहित पौडेल [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपाली टोलीले राम्रो खेलिरहेको दाबी गर्दै त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको स्विकार गरेका छन् । 

भोलिबाट सुरू हुने टी–२० विश्वकप क्वालिफायर पूर्व पत्रकारसँगको अन्तरक्रियामा उनले भने, ‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो ।’

कप्तान पौडेलले ब्याटिङ अर्डर पनि आवश्यकताका आधारमा परिर्माजन हुने बताए । उनले भने ‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ ।’ 

कुनै पनि टीमलाई कमजोर रूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने कप्तान पौडेलको भनाई छ । सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने उनको विश्वास छ ।

याे समाचारकाे  भिडियाेका लागि-https://fb.watch/nZPi4aMVHQ/

Logo