विश्वकप छनोटमा अर्नाकाे अफरः प्रत्येक रनमा एक हजार, छक्कामा २० हजार दिने

विश्वकप छनोटमा अर्नाकाे अफरः प्रत्येक रनमा एक हजार, छक्कामा २० हजार दिने

केन्द्रबिन्दु
0
Shares

अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगदसहितको पुरस्कार योजना सार्वजनिक गरेको छ । 

अर्नाले आइतबार सामाजिक सञ्जालमार्फत उक्त पुरस्कार योजना घोषणा गरेको हो । अर्नाले सार्वजनिक गरेको उक्त पुरस्कार योजनाअन्तर्गत नेपालले खेल्ने खेलहरुमा प्रत्येक एक रन बराबर १ हजार, एक चौकाको थप १० हजार, र एक छक्का बराबर थप २० हजार नगद दिने भएको छ ।

बलिङतर्फ भने प्रत्येक मेडन ओभरमा १० हजार दिने भएको छ । त्यस्तै प्रत्येक डट बलमा थप १० हजार र प्रत्येक विकेट बापत २५ हजार थप रकम पुरस्कार दिने पनि कम्पनीले जनाएको छ । 

अर्नाले गत भदौमा सम्पन्न एसिया कपमा भारतवीरुद्धको खेलमा पनि चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार प्रदान गरेको थियो ।

Logo