चलेन भारतको ब्याटिङ, इंग्ल्यान्डलाई २३० रनको सामान्य लक्ष्य

चलेन भारतको ब्याटिङ, इंग्ल्यान्डलाई २३० रनको सामान्य लक्ष्य

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डविरुद्ध सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२९ रन जोडेको हो । भारतका लागि कप्तान रोहित शर्माले ८७ रनको अर्धशतकीय पारी खेले । पहिलो विकेटमा ओपनर शुभमन गिल ९ रन तथा विराट कोहली डक आउट भएपछि लय गुमाएको भारत ठूलो योगफलतर्फ अघि बढ्न सकेन । 

मध्यक्रममा आएका सूर्यकुमार यादव ४९ रनमा आउट भए भने केएल राहुल ३९ रन तथा जस्प्रित बुम्राहले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन छेन सकेनन् । 

बलिङमा इंग्ल्यान्डका तीव्र गतिका बलर डेविड विल्लीले ३ विकेट लिँदा क्रिश वक्स र अदिल राशिदले समान २/२ विकेट लिए ।  

भारत ५ खेलमा अपराजित रहँदै १० अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । तर, इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ ।

Logo