इङ्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित

इङ्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा लिभरपुल विजयी भएको छ। लिभरपुलले नटिङ्घम फरेस्ट विरुद्ध ३-० को सहज जित निकालेको हो।

लिभरपुलको जितमा डिएगो जोटा, डार्विन नुनेज र मोहम्मद सलाहले एक-एक गोल गरे। लिभरपुललाई जोटाले खेलको ३१औँ मिनेटमा अग्रता दिलाएका थिए। डार्विन नुनेजको प्रहार फरेस्ट गोलरक्षक म्याट टर्नरले बचाएपछि रिबाउन्डमा जोटाले सहजै गोल गरेका थिए।

घरेलु टोलीलाई अग्रता दोब्बर बनाउन मात्र चार मिनेट लाग्यो। नुनेजले सोबोस्जलाईको पासमा ट्याप-इन गर्दै अग्रता दोब्बर बनाए। तेस्रो गोल भने ७१औं मिनेटमा आएको थियो। सोबोस्जलाईको पासमा टर्नर बक्स बाहिर आएर बललाई नियन्त्रणमा लिन नसकेपछि सालाहले खाली पोस्टमा गोल गरेका थिए।

खेलको अन्त्यतिर कोडी गाक्पोले गोल गरेपनि उनको गोल भिडियो असिस्टेन्ट रेफ्रीले रद्द गरे। जितपछि लिभरपुल १० खेलमा २३ अंक सहित तेस्रो स्थानमा रहँदा पराजित फरेस्ट १० अंक सहित १६औं स्थानमा छ।

Logo