आइसिसी टि२० विश्वकप छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दै

आइसिसी टि२० विश्वकप छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दै


नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा आज सिंगापुरसँग खेल्दैछ। खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ। उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ।

नेपालको कप्तानी रोहित पौडेल र सिंगापुरको अरित्र दत्तले गर्नेछन्। नेपालका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन्। आजको खेलमा यी तीन खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ। नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ।

स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किँदा ललित राजवंशी बेन्चमा बस्ने देखिन्छन्। टोलीमा अन्य परिवर्तनको सम्भावना छैन। पछिल्लो खेलमा राम्रो सुरुवातका बाबजुद उत्कृष्ट अन्त्य गर्न नेपाल चुकेको थियो।

Logo