पहिलो विकेट गुमायो सिंगापुरले

पहिलो विकेट गुमायो सिंगापुरले


सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पहिलो विकेट लिएको छ। सिंगापुरको पहिलो विकेट नेपालका बलर करण केसीले लिएका हुन्। 

उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका हुन्। सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन्। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो।

Logo