लगातार विकेट पतनसँगै संकटमा सिंगापुर

लगातार विकेट पतनसँगै संकटमा सिंगापुर

केन्द्रबिन्दु
0
Shares

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पाँचौँ विकेट गुमाएको छ।

सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका छन्। सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन्। जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए। सन्दीपले लिएको यो दोस्रो विकेट हो। जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको छ।

Logo